काठमाडौँ । नेपालमा आइतबार २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २८१२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ५७ हजार ९२६ पुगेको छ ।
हाल क्वारेन्टाइनमा १ हजार १४९ र आइसोलेसनमा ३५ हजार ४१९ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप २१ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको मन्त्रालयले जनाएको छ ।












