काठमाडौँ । नेपालमा सोमबार थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप २१ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १७९८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ५९ हजार ७२४ पुगेको छ ।

हाल क्वारेन्टाइनमा १ हजार १४९ र आइसोलेसनमा ३५ हजार ४१९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया