अजित अधिकारी, चितवन । हिल नेपालको आयोजना र द लेप्रोसी मिसन नेपाल तथा यु.के. आईडीको आर्थिक सहयोगमा सोमबार माडीका विभिन्न क्षेत्रहरुमा कुष्ठप्रभावित, अपाङ्गता भएका र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई राहत वितरण गरिएको छ । यसैगरी सोमबार नै माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर अधिकारी चोकमा रहेको अयोध्यापुरी कृषि सहकारी संस्थाको प्राङ्गणमा एक कार्यक्रमका बिच राहत बितरण कार्यक्रम गरिएको छ ।

उक्त राहत बितरण कार्यक्रममा माडी ७ का वडा अध्यक्ष बालकृष्ण सापकोटा प्रमुख अतिथी रहेका थिए । यसैगरी हिल नेपाल परियोजना चितवनकी जिल्ला संयोजक सुशीला श्रीस मगर र हिल्ड नेपाल परियोजना चितवनकी सामाजिक परिचालिका सावित्री कँडेल बिशिष्ट अतिथिको रुपमा रहेकी थिइन ।

उक्त राहत कार्यक्रममा अयोध्यापुरी कृषि सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी देबकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रममा माडी ७ का वडा अध्यक्ष एबम राहत बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका बालकृष्ण सापकोटा र हिल नेपाल परियोजना चितवनकी जिल्ला संयोजक सुशीला श्रीस मगरले मन्तव्य राखेकी थिइन । बिश्वब्यापी कोभिड १९ अर्थात कोरोना भाइरसका कारण बिश्वको जनजीवन आक्रान्त बनिरहेका बेला देशका विभिन्न क्षेत्रमा रहेका अपाङ्गता भएका एकल महिला तथा सिमान्तकृत समुदायका मानिसहरु बढी पीडित भएको हुँदा उनिहरुलाई केही हदसम्म भएपनि राहत भएको अनुभुती होस् भन्ने उदेश्यले राहत बितरण कार्यक्रम आयोजना गरिएको हिल नेपाल परियोजना चितवनकी जिल्ला संयोजक सुशीला श्रीस मगरले नेपाली आवाज डटकमसंग बताइन् ।

साथै उनले एकघर परिवार बराबर सामाग्रीको रुपमा २५ किलो चामल, २ किलो दाल, २ लिटर खानेतेल र १ पोका नुन वितरण गरिएको समेत जानाकारी दिइन् । यसैगरी उक्त परियोजनाले माडीमा रहेका सबै सहकारीमा आबद्ध रहेका करिब ३०० जना कुष्ठप्रभावित, अपाङ्गता भएका र सिमान्तकृत शेयर सदस्यहरुलाई समेत राहत हस्तान्तरण गरिएको मगरले जानकारी दिइन् । ध्रुबराज अधिकारीले सहजीकरण गरेको कार्यक्रम अयोध्यापुरी कृषि सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी देबकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया