काठमाडौँ । नेपालमा आज मंगलबार २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ६० हजार ५७७ पुगेको छ ।

हाल क्वारेन्टाइनमा १ हजार ५८ र आइसोलेसनमा ३८ हजार ३५ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप २२ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १४८ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया