
महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननगरमा साहारा सुपरमार्केटको शुभारम्भ गरिएको छ । रत्ननगर–१, सौराहाचोकमा सुविधा सम्पन्न रुपमा स्थापना गरिएको साहारा सुपरमार्केटको आज (बुधवार) एक कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको हो । सो सुपरमार्केटको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र बिशिष्ठ अतिथि नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायीका करिश्मा मानन्धरले संयुक्त रुपमा रिवन काटेर गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख वनले रत्ननगरमा कोरोना महामारीको बेलामा पनि साहारा सुपर मार्केट सुरु हुनु आफैमा खुसीको कुरा भएको बताउदै यसले नया ब्यवसाय प्रवद्धन साथै स्वदेशमै बसेर केहि गर्छु भन्नेका लागि एउटा अवसर पनि भएको बताए । उनले रत्ननगरमै ब्यवसाय गर्न चाहाने ब्यवसायीलाई १ लाख देखि १५ लाख सम्मको ऋण शुन्य ब्याजदरमा प्रदान गर्न लागेको जानकारी पनि दिए ।
नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायीका करिश्मा मानन्धरले स्वदेशमानै केहि गर्ने सोच राखेर साहारा सुपरमार्केट शुभारम्भ गरिएकाेमा खुसी ब्यक्त गर्दै ब्यवसायको सफलताको शुभकामना पनि ब्यक्त गरिन । उनले अब हरेक क्षेत्रमा सुपर मार्केट सञ्चालन हुन सके एकै ठाउमा सबैखाले सामान खोजि खोजि प्राप्त गर्न सकिने भएकाले समय र पैसा दुवैको बचत हुने बताइन ।
साहारा सुपरमार्केटका सञ्चालक तथा कार्यक्रमका सभाअध्यक्ष बरुण वावु घिमिरेले पूर्वी चितवनमा ब्यवसाय सञ्चालन गर्न चाहानेहरुका लागि ठाँउको अभाव भएको देखेपछि र ग्राहकवर्गहरु बिभिन्न सामान किन्नका लागि धेरै ठाउँ हिडिरहने बाध्यता देखेर आफुहरुले सुपर मार्केटको परिकल्पना गरि निर्माण गरेको बताए । उनले हाल सुपर मार्केट भित्र ५० वटा भन्दा वढि ब्यवसायीक प्रयोजनका लागि सटरहरु निर्माण भएको बताउदै फेन्सी, ईलेक्ट्राेनिक्स, मोबाईल, कस्मेटिक, बेकरी, बेवि कलेक्सन लगाएतका सामानहरु सरल र सहज ढंगबाट प्राप्त गर्न सकिने बताए ।
सुपरमार्केटकी सञ्चालीका बिरञ्जना घिमिरेले उपस्थित सबैलाई स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन । सो कार्यक्रममा लोक तथा दोहोरी गायक मिलन लामा, उद्योग वाणीज्य संघ रत्ननगरका बरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा, रत्ननगर वडा नं. १ का कार्यवाहाक अध्यक्ष बाबुराम गौतम लगाएतले शुभकामना मन्तव्य राखेका थिए । साे सुपर मार्केटमा बरुण बाबू घिमिरे र मन बहादुर थापाकाे संयुक्त लगानी रहेकाे छ ।