काठमाडौँ । नेपालमा आज बुधबार २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख २ हजार ३२९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १६६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ६२ हजार २४३ पुगेको छ ।
हाल क्वारेन्टाइनमा १ हजार १०९ र आइसोलेसनमा ३८ हजार ९१२ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप २६ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको मन्त्रालयले जनाएको छ ।












