काठमाडौँ । नेपालमा बिहीबार १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ४ हजार २४२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २३४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ६४ हजार ५९२ पुगेको छ ।

हाल क्वारेन्टाइनमा ९७४ जना र आइसोलेसनमा ३८ हजार ४६१ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप १५ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया