अजित अधिकारी चितवन । राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति पार्बती रावलले बिहीबार माडीका धार्मिक एबम पर्यटकिय क्षेत्र साथै स्मारकहरुको समेत स्थलगत अबलोकन गरेकी छिन । यसैगरी उनले, कान्तिपुरमा रहेको सामुहिक खेतीको समेत अबलोकन गरेकी हुन । अबलोकनका क्रममा उनले माडी धार्मिक क्षेत्रका रुपमा मात्र नभई कृषि क्षेत्रका रुपमा समेत परिचित रहेको तर्क गरिन ।

उनले अयोध्याधाम निर्माणका लागि माडी नगर कार्यपालिकाको बैठकले छनौट गरेको कृष्णनगर पार्कको समेत अबलोकन गरेकी हुन । अयोध्याधामको स्थलगत अबलोकनका क्रममा सभापति रावलले निकुञ्जका कारण माडीबासीहरुले भोग्दै आएका समस्या र जंगली जनावारका कारण अकालमा माडीबासी जनताहरुले ज्यान गुमाउनु परेको बाध्यात्मक अबस्थालाई समेत स्मरण गर्दै, राष्ट्रिय सरोकारका मुद्दा विषयक र निकासका बारेमा छलफल प्रक्रियाबाट अगाडि बढ्नुपर्ने अहिलेको अपरिहार्य आबश्यकता रहेको बताइन् ।

यसैगरी माडीका भुमिहिन सुकुम्बासी जनताहरुको समस्यामा समेत चासो राख्दै, माडी ९ मा रहेका कुसुमखोलाका चेपाङ्गबस्तीको समेत अबलोकन गरिन । अबलोकनका क्रममा उनले, वास्तविक समस्यालाई आफ्नै आँखाले देखेको हुनाले सुकुम्बासी समस्याका विषयकमा गम्भीरता पुर्बक लाग्ने र छिटै यस बारेमा सरकारसंग पहल गर्ने प्रतिक्रिया जनाइन ।

तपाईको प्रतिक्रिया