चितवन । राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्तीमा रत्ननगरमा विशेष कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला आयुर्वेद स्वास्थ केन्द्र रत्ननगरकाे आयोजनामा आज (शुक्रबार) रत्ननगरमा राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ती विशेष कार्यक्रम गरिएको हाे । साे कार्यक्रमकाे उद्घाटन रत्ननगर नगरपालिका नगर प्रमुख नारायण वनले भगवान धन्वन्तरीकाे तस्वीरमा माल्यार्पण गरेर गरेका थिए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वनले काेराेना लागेका बिरामीलाई आयुर्वेदिक औषधी निकै उपयोगी हुने गरेकाे बताए । उनले आफू काेराेना भाईरसले संक्रमित हुंदा आयुर्वेदिक औषधीकाे सेवनबाटनै ठिक भएकाे बताउदै अब सबैले यस बिषयलाई मनन गर्नु पर्ने बताए । उनले परापुर्व कालदेखिनै कुनै न कुनै रुपमा हामीले घरकाे भान्छामा पनि आयुर्वेदिक खानेकुराहरु लसुन, अदुवा, बेसार, मरिच लगाएतका खानेकुराहरु खाने गरेकालेनै धेरै स्वास्थ्य समस्याबाट बच्ने गरेकाे बताए ।

कार्यक्रमकाे सभापति तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगकि कार्यालय प्रमुख डा. कोपिला अधिकारीले काेराेना भाइरसका कारण कार्यक्रम ठुलाे आयोजना नगरेकाे बताउदै दिर्घ जीवन र स्वस्थ जिवनकाे लागि आराेग्य निकै महत्वपूर्ण भएकाे बताइन । उनले हालका दिनमा याेग, प्राणायाम र जिडबुटीकाे कारणले काेराेना भाइरसबाट बिरामीहरु मुक्त हुन सफल भइरहेकाे बताइन । उनले जग्गा अभावकाे कारणले गर्दा साे केन्द्रलाई ठुलाे आयुर्वेदिक अस्पताल बनाउन नसकेकाे भएपनि अहिलेकाे अवस्थामा १५ बेडकाे अस्पताल भने चाँडैनै सुरु हुने बताइन् ।

रत्ननगर नगरपालिकाकि नगर उप प्रमुख बिमलादेवी दुवाडी बिशिस्ट अतिथि रहेकाे साे कार्यक्रममा जिल्ला आयुर्वेद औषधि ब्यबसायी अध्यक्ष कमल ओलिले उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा रत्ननगर-१ का कार्यवाहक वडा अध्यक्ष बाबुराम गौतम, रत्ननगर-१ का वडा सदस्य शालिकराम पराजुली, स्थानीय समाजसेवी काेपिलामणी पौडेल लगाएको उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया