अजित अधिकारी, चितवन । चाडपर्बको समयमा पछिल्लो समय माडीमा दिनप्रतिदिन दुर्घटना एबम अनैतिक गतिविधिहरु बढ्न थालेपछि यतिबेला माडीमा चेकजाँचमा कडाई गरिएको छ । यस्ता खालका अनैतिक गतिविधिहरुको अनुगमन गर्ने क्रम निरन्तर जारी रहँदा शनिबार नियमित चेकजाँचका क्रममा ईलाका प्रहरी कार्यालय माडीको टोलीले लागु औषध नाइट्राभेट १४१ ट्याबलेट सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका ३ रतनी निवासी बर्ष १९ का सुजन शाह रहेको प्रहरीले जनाएको छ । उनलाई नियमित चेकजाँचका क्रममा बरुवा बजारबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले नेपाली आवाज डटकमलाई जानकारी दिए ।

उनले आबश्यक कारबाहीका लागि शाहलाई जिल्ला प्रहरी कार्यालय भरतपुर चितवन पठाइएको समेत जानाकारी दिए । पछिल्लो समय माडीमा यस्ता खालका अनैतिक गतिविधिहरु बढिरहेको हुँदा, यसको रोकथाम एबम नियन्त्रणमा सबै जना लाग्नुपर्ने बताए । विशेषगरी अभिभावकहरुले आफ्ना छोराछोरीहरुको अबस्था, र उनिहरुले गर्ने काम तथा साथीसङ्गीहरुको सङ्गत के कस्तो छ । लगाएतका विषयकमा अभिभावकहरुले समेत अनुगमन गर्नुपर्ने अपरिहार्य आबश्यकता रहेको बताए । साथै उनले, युबाहरु सानै उमेर देखि नै कुलत एवम लागुऔषधमा फस्नु समाज र राष्ट्रका लागि ठुलो चिन्ता र चुनौतिको बिषय भएको भन्दै, हरेक अभिभावकहरुले आफ्नो सन्ततिको गतिविधिहरु बारेमा ध्यान दिनु पर्नेमा जोड दिए । समाजमा यस्ता खालका अनैतिक गतिविधिहरुको सिर्जना गर्ने जोकोहीलाई पनि कानुनको दायरा भित्र ल्याएर कारबाही गरिने समेत चेतावनी दिए । समाजमा कोलाहल बाताबरण सिर्जना गराउने गतिविधिहरु भएको पाइएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन समेत सबैमा आग्रह गरे ।

तपाईको प्रतिक्रिया