अजित अधिकारी
चितवन । माडीमा दिनप्रतिदिन सवारी दुर्घटनाका घटनाहरु घटिरहेका छन । बसन्तपुर बजार स्थित पेट्रोल पम्प अगाडि भरतपुरबाट ठोरी जान लागेको यात्रुबाहक बसले एक साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन ।

घाइते हुनेमा माडी ३ निवासी बर्ष ५९ का लिलाराम महतो रहेको प्रहरीले जनाएको छ । महतोलाई ना. ४ ख. ४३६७ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको हो । उनको खुट्टा र हातमा चोट लागेको छ । अवस्था खतरामुक्त रहेको र थप उपचारका लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले नेपाली आवाज डटकमलाई जानकारी दिए । महतोलाई जोगाउन खोज्दा बसको ठक्करबाट ना.५० प. २७२३ र प्रदेश २, ००३ प. ९९६ नम्बरका दुईवटा मोटरसाइकलमा समेत सामान्य क्षती पुगेको छ । भने ठक्कर दिने बस र चालकलाई समेत नियन्त्रणमा लिइएको प्रहरी प्रमुख शर्माले बताए ।

तपाईको प्रतिक्रिया