मौसम सफा भएपनि सबै ठाउँमा चिसो बढ्ने भएको छ । हालका दिनमा मौसम अनुसार चिसो निरन्तर बढीरहेको नै छ । अझ त्यसमा पनि हिमाली जिल्लामा हिउँ पर्न थालेपछि सो चिसोको प्रभाव पाहाडतिर पनि सरेको छ । त्यहि कारण पनि आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने मौसमबिद्ले बताएका छन् ।

खासगरि आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना रहेको मौसमविद्को भनाइ छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा नै हुनेछ । मौसमलाई प्रभाव पार्ने खालको कुनै पनि प्रणाली विकास नभएकाले आज र भोलि मौसम भने बद्ली हुने सम्भावना नरहरेको पौडेलको भनाई छ । बिहान बेलुका तराईका भू–भागमा हल्का कुहिरो लागेपनि दिउँसो भने घाम लाग्नेछ । मौसम सफा हुने भए पनि हावाको तापक्रम भने घट्ने भएकाले चिसो बढ्न सक्ने पनि महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यकाको बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ थियो ।

तपाईको प्रतिक्रिया