चितवन । भरतपुर अस्पतालमा परिक्षण गरिएका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको ६२ वटा नमुना परीक्षणमा ८ वटा नमुनाको कोभिड–१९ पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ३ जना पुरुष र ३ जना महिला रहेका छन् । यस्तै रत्ननगर नगरपालिका–१६ की २३ वर्षीया महिलामा र लमजुङको दोर्र्डी–६ का ५० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया