काठमाडौँ । नेपालमा शुक्रबार १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शुक्रबार थप २२ सहित १२९८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप ५३६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ । हाल देशभरका क्वारेन्टाइनमा ७५३ जना र आइसोलेसनमा २४ हजार ६६५ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया