चितवन । पूर्वी चितवनकाे टाँडी बजारमा राखिएको बम सेनाद्वारा डिस्पाेज गरिएको छ । रत्ननगर नगरपालिका- २ टाँडी बजारमा निर्माणाधिन आकासे पुलमा बिहान फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको हाे ।

ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरिक्षक रविन कार्कीले नेपाली सेनाको डिस्पोजल टोलिले बम डिस्पोज गरेको जानकारी दिए। उनका अनुसार डिस्पोजका क्रममा बम जस्तो देखिनेगरी झोलामा ढुंगा राखेर तार जोडिएको अवस्थामा बम फेला परेकाे थियाे ।

नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाको ‘सातौ पार्टी पुनर्गठन दिवश भव्य मनाऔं’ लेखिएको व्यानरमा डोरीमा झुन्ड्याईएको अवस्थामा दुईवटा संङ्कास्पद बस्तु बिहान ७ बजेको समयमा आकाशे पुलमाफेला परेको थियो ।

तपाईको प्रतिक्रिया