चितवन :  पूर्वी चितवनकाे हर्दीमा ग्याँस बुलेटकाे ठक्करबाट २ जनाकाे मृत्यु भएपछि स्थिति तनावग्रस्त भएकाे छ । राप्ती नगरपालिका-६ हर्दीमा मोटरसाईकमा सवार दुई जनालाई ग्याँस बुलेटले ठक्कर दिदा उनिहरुकाे घटनास्थलमै मृत्यु भएको थियाे । मुत्यु हुनेमा राप्ती ५ को भण्डाराका अन्दाजी २१ बर्षका सचिन दनै र राप्तीकै अन्दाजी बर्ष २५ का नवराज दनै रहेको चितवन प्रहरीले जनाएको छ ।

घटनामा ठक्कर दिने बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटना लगत्तैदआक्रोशित स्थानिय र मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग बन्द गराएका छन् । राजमार्ग अवरुद्ध भएपछि सो क्षेत्रमा स्थिति तनाब ग्रस्त बनेको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश नं.३ ०३–००२ प ११८ नम्बरको यमाहा मोटरसाईकलाई ग्यास बुलेट बाेकेकाे गाडीले ठक्कर दिदाँ बाईकमा सवार दुई युवाको घटना स्थालमा नै मुत्यु भएको चितवन प्रहरीले जनाएको छ । हाल साे क्षेत्रमा ठुलो मात्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरी घटना स्थलमा परिचालन गरिएको छ । घटनाको थप विवरण भने आउन बाँकी रहेकाे छ ।

तपाईको प्रतिक्रिया