चितवन । नेकपा बिप्लब समुहका संगठित सदस्य ढकाल भरतपुरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार गत आइतबार विशेष सुचनाको आधारमा प्रहरीले नेकपा विप्लब समुहका संगठित सक्रिय कार्यकर्ता रत्ननगर नगरपलिका वडा नं. ११ बस्ने प्रकाशचन्द्र ढकाललाई भरतपुर महानगरपालिका वडा नं. ६ बुद्धचोकबाट पक्राउ गरेकाे हाे ।

पक्राउ परेका ढकालकाे साथबाट हंसिया हथौडा अंकित झण्डा ३ थान, सातौ पार्टि पुनर्गठन दिवश भव्य रुपमा सफल मनाऔं लेखिएको ब्यानर, रसिद ठेली, पम्पलेट, केही किताव तथा दस्ताबेज बरामद गरिएको प्रहरीले जनाएको छ । हाल ढकाललाई पक्राउ पछि अदालतबाट म्याद थपकाे अनुमति लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया