अजित अधिकारी
चितवन । माडी नगरपालिकाको आयोजनामा आफन्त नेपाल, चितवन महिला प्रतिष्ठान, महिला अधिकार मंच र पौरखी नेपालको सहकार्यमा माडीमा रहेका हिंसा पीडित, अति बिपन्न र एकल महिलाहरुको लागि निशुल्क स्वास्थ्य बिमा एबम १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान आज बुधबारदेखि दिप प्रज्वलन गरी सुरु गरिएको छ । खासगरी समाजमा हुने बिबिधखाले समस्याहरू जसले समाजमा देखा पर्ने नकारात्मक सिर्जित समस्याहरुको निराकरण गर्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको नगरपालिकाकी नगर उप प्रमुख ताराकुमारी काजी महतोले नेपाली आवाज डटकमसंग बताइन् ।

उनका अनुसार, समुदायमा रहेका अति बिपन्न, गरिब, असहाय, एकल महिला तथा सिमान्तकृत समुदायका बर्गहरुलाई लक्षित गरी सो कार्यक्रम आयोजना गरिएको हो । जसअनुरुप आज नगरपालिका परिसरमा दिप प्रज्वलन गरिएको छ । यसैगरी १६ गते हस्ताक्षर संकलन अभियान संचालन गर्ने, र २५ गते सो अभियानको समिक्षात्मक कार्यक्रम गरिने समेत निर्णय भएको उप प्रमुख महतोले बताइन् । यसैगरी रेडियो मार्फत लैंगिक हिंसा विरुद्धको चेतनामूलक रेडियो कार्यक्रम समेत संचालन गरिने छ ।

समाजमा हुने सबैखाले समस्याहरुलाई चिरफार गरेर एउटा समुन्नत शुन्दर र सभ्य समाजको निर्माण गर्न ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने मुलनाराका साथ बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ लाई मध्यनजर गर्दै उच्च सतर्कताका साथ आयोजना गरिने सो कार्यक्रम मंसिर २५ गते सम्म रहने नगर महिला समितिकी संयोजक कोपिला सिवाकोटीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया