
अजित अधिकारी
चितवन । माडीमा शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको उद्धघाटन गरिएको छ । माडीमा शान्ति सुरक्षालाई ब्यबस्थित र मजबुत गराउने उदेश्यका साथ शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कल्याणपुर माडी ५ स्थित रहेको कालिका आधारभूत विद्यालयको खाली रहेको भबनमा केहिसमयका लागि अस्थायी रुपमा स्थापना गरिएको छ । कल्याणपुरमा बनाउन लागिएको सो नबनिर्मित भबन निर्माणाधिन अबस्थामा रहेको हुँदा अस्थायी रूपमा कालिका आधारभूत विद्यालयको भबनमा सारिएको हो ।
उक्त उदघाटन कार्यक्रममा नम्बर ३ वाहिनीका वाहिनीपति एबम शसस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठ प्रमुख अतिथिको रूपमा रहेका थिए । यसैगरी सो कार्यक्रममा माडी ५ र ६ का वडा अध्यक्ष रामबन्धु पोख्रेल, भरत बहादुर गुरुङ्ग, शसस्त्र प्रहरी बल नम्बर १७ क एबम शसस्त्र प्रहरी उपरिक्षक दिपक थापा, उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य लगायतको सहभागीता रहेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले नेपाली आवाज डटकमलाई जानाकारी दिए ।
यसैगरी माडीका विभिन्न क्षेत्रहरुमा सशस्त्र क्याम्पको स्थापना हुनेगरी नगर कार्यपालिकाको बैठकले माडी १ मा रहेको गर्दी चुरे मध्यवर्ती सामुदायिक वन क्षेत्रको जमीन, वडा नम्बर ६ को स्याउलीबास गाउँ नजिक खानेपानीको ट्याङ्की रहेको स्थान तथा माडी नगरपालिका वडा नम्बर ९ मा रहेको कान्छी बगहीमा समेत जमीन उपलब्ध गराउने निर्णय गरिएको थियो ।