काठमाडौँ । नेपालमा बिहीबार १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बिहीबार थप २३ सहित १४१२ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप १४३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया