
काठमाडौँ । नेपालमा सोमबार १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार सोमबार थप २९ सहित १५०८ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा थप १९३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ९ हजार ९११ जनासहित हालसम्म १७ लाख ३७ हजार ७४७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५३५ जना र आइसोलेसनमा १७ हजार ४२३ जना रहेका छन् ।