चितवन । पूर्वी चितवनकाे भण्डारामा माेटरसाईकल दुर्घटनामा एककाे मृत्यु भएकाे छ । राप्ती नगरपालिका-४ भण्डारा, लक्षमीनाराण चोकमा साेमबार राति ११.१५ मा मोटरसाइकल र बस एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको हाे । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाईकल चालक मनहरी गाउपालिका वडा नं ६ घर भई डडुवा बस्ने रोशन लामा रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार पूर्व बाट आउदै गरेको ना.४ ख. ६७२८ नम्बरको बस र सोही दिसाबाट आउदै गरेको ना.२७ प. ३९०६ नम्बरको मोटरसाइकल बसको पछाडी ठोक्किएको थियाे । दुघटनामा परि गम्भीर घाइते भएका लामालाई उपचारको लागि तत्कालै भरतपुरमा रहेकाे मेडिकल कलेज लगिएको भएिनि उनको उपचारको क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया