अजित अधिकारी
चितवन । माडीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन् । माडी नगरपालिका १ स्थित बरुवा बजारमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजना महिला घाइते भएकी हुन् । भरतपुरबाट बरुवातर्फ आउदै गरेको नम्बर नभएको वान टेष्ट ट्याक्टरले सोही दिशाबाट आउदै गरेको प्रदेश नम्बर ३-०२०१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल पछाडि सवार माडी १ बरुवा बस्ने बर्ष २३ कि रिता चौधरी घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउको र हात खुट्टामा चोट लागेको र अबस्था गम्भीर रहेको हुँदा घाइते भएकी चौधरीलाई उपचारका लागि भरतपुर पठाइएको छ ।
उता मोटरसाइकल चालक भने सामान्य घाइते रहेको प्रहरीको भनाइ छ । ट्याक्टर, मोटरसाइकल र चालकहरु दुबैलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया