काठमाडौँ । नेपालमा बिहीबार १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बिहीबार थप १३ सहित १५५१ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप २१११ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख २० हजार २७२ पुगेको छ । जुन कुल संक्रमितको ९२.७१ प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप ५६१ जना संक्रमित थपिएका छन् । काठमाडौँका ४५५, ललितपुरका ८० र भक्तपुरका २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख १० हजार ८३५ पुगेको छ । जसमा काठमाडौँमा कुल ८९ हजार २८८ संक्रमित भएका छन् । यस्तै, ललितपुरमा १३ हजार ४९५ जना संक्रमित भएका छन् भने भक्तपुरमा ८ हजार ५२ जना रहेका छन् ।

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ९ हजार २८७ जनासहित हालसम्म १७ लाख ६३ हजार ९१९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५७६ जना र आइसोलेसनमा १५ हजार ७६६ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया