चितवन । मदन भण्डारी फाउण्डेसन रत्ननगर कमिटीको अध्यक्षमा चन्द्रकान्त न्यौपाने तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा अजित चौरेल चयन भएका छन् । मदन भण्डारी फाउण्डेसन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीे रत्ननगर कमिटीको आज (शनिवार) रत्ननगरमा भएको प्रथम बिस्तारित बैठकबाट न्यौपाने र चौरेलको नेतृत्वमा रत्ननगर नगर कमिटी गठन गरिएको हो ।

सो बिस्तारित बैठकबाट मदन भण्डारी फाउण्डेसन रत्ननगरमा १०१ सदस्यीय कमिटी गठन गरिएको छ । जसको बरिष्ठ उपाध्यक्षमा सिताराम पोख्रेल, उपाध्यक्षमा क्रमशः राजेन्दै न्यौपाने, सुर्य तमाङ्ग, रश्मि बर्तौला, कृष्ण श्रेष्ठ, राम प्रसाद लम्साल, सचिवमा ईन्द्र भण्डारी, सह–सचिवमा लेखनाथ आचार्य, कोषाध्यक्षमा गोकुल पराजुली रहेका छन् ।
त्यस्तै मदन भण्डारी स्पोर्टस एकेडेमीमा ५१ सदस्यीय रत्ननगर नगर ककिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा क्रमशः ध्रुव बर्तौला, लक्ष्मण परियार, केदार न्यौपाने, बिष्णु सापकोटा, सचिवमा प्रसंग कायस्थ, कोषाध्यक्षमा रोशनि लिम्बु, सह–सचिवमा मिलन अधिकारी रहेका छन् । सो बैठक मार्फत संस्थाको कानुनी बिभाग संयोजकमा कृष्ण प्रसाद डोरेल, सल्लाहाकार समिति संयोजकमा कमलिकान्त घिमीरे, सदस्यहरुमा क्रमशः रामजि देवकोटा, लोकराज भुषाल, असोक दराई लगाएतका रहेका छन् ।

सो कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा बाग्मती प्रदेश कमिटी सह–ईन्चार्ज कासीनाथ अधिकारी, नेकपाका केन्द्रिय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटि अध्यक्ष कृष्ण राई, नेकपा बाग्मती प्रदेश सचिवालय सदस्य बिजय सुवेदी लगाएतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने सबैजसो बक्ताले नेकपा एकिकरण पछि पार्टीले मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादलाई छोड्दै गएको महसुस गरि उहाँका सिद्धान्तलाई अगाडि बढाउन मदन भण्डारी फाउण्डेसनलाई देशब्यापीरुपमा नगर र वडा वडामा बिस्तार गरेको बताएका थिए ।

तपाईको प्रतिक्रिया