चितवन । चितवनमा राजावादीहरुले बिशाल जुलुस निकालेका छन् । आज (शनिवार) भरतपुरमा राजावादीहरुले मोटरसाइकल र गाडी सहितको बिशाल जुलुस निकालेका हुन् । राष्ट्रबादी चितवन समाजको नेतृत्वमा आजको सो जुलुस निस्किएको थियो । भरतपुरको केन्द्रिय बसपार्कबाट सुरु भएको सो जुलुस हाकिमचोक,चौविसकोठी,लायन्सचोक,पुल्चोक आँपटारी हुँदै पुनः केन्द्रिय बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई राजाका समर्थकहरुले सम्बोधन गरेका थिए ।
सो जुलुसमा ‘राजा आऊ देश बचाऊ’, ‘गणतन्त्र मुर्दावाद’, ‘ हिन्दू राज्य कायम गर’, ‘जय देश, जय नरेश’ भन्ने नारा लगाइएको थियो । जुलुसमा सहभागीले नारा सहित पञ्चायत र बहुदलकालीन राष्ट्रियगान ‘श्रीमान् गम्भीर नेपाली’, गाउनुका साथै ‘हिमाल झैं अटल यो’ जस्ता गीत पनि गाएका थिए । पछिल्लो समय देशभर नेपालमा देखिएको राजनितिक पार्टीहरु बिचको खिचातानिका कारण जनता निरास भैरहेको आकलन भैरहेकोे परिप्रेक्षमा राजावादीले जुलुस निकालिरहेका छन् । जसमा जन सहभागीता पनि बिस्तारै बढ्दै गएको देखिएको छ ।

तपाईको प्रतिक्रिया