अजित अधिकारी,चितवन । माडीमा आज इन्टरनेट मार्फत हुने यौन दुर्व्यवहारका बारेमा किशोरीहरुलाई प्रशिक्षण दिइएको छ । १६ दिने लैंगिक हिंसा सम्बन्धि अभियानका क्रममा सक्रिय महिला प्रतिष्ठान माडी र ईलाका प्रहरी कार्यालय माडीको संयुक्त आयोजनामा माडी क्याम्पसको सभाहलमा इन्टरनेट मार्फत हुने अनैतिक गतिविधि र यौन दुर्ब्यवहारका बारेमा सचेना प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगर उप प्रमुख ताराकुमारी काजी महतो रहेकी थिइन । सो प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै महतोले, समाजमा हुने सामाजिक बिकृती र बिसङ्गतीको रोकथाम गर्नुपर्ने आजको अपरिहार्य आबश्यकता रहेको बताउदै समाजमा हुने अनैतिक गतिविधि एबम यौन दुर्व्यवहार जस्ता क्रियाकलापहरुको समयमा नै रोकथाम गर्नुपर्ने बताइन् । इन्टरनेट मार्फत हुने अनैतिक अश्लील क्रियाकलापहरु जसले समाजमा नकारात्मक प्रभाव पारेको हुँदा तत्काल यसको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । साथै उनले, यस्ता अनैतिक क्रियाकलापहरु कोही कसैले गरेमा तत्काल सम्बन्धित निकायमा खबर गर्न सबैमा आग्रह गरिन् । ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले सो विषयमा दिएको प्रशिक्षण कार्यक्रममा माडी क्षेत्र भित्र रहेका ४० जना किशोरीहरुले सहभागीता जनाएका थिए । प्रशिक्षणका क्रममा पौडेलले यौन जन्य हिंसा, र यसले समाजमा पारेको असर, र यसको रोकथाम लगाएतका विषयकमा प्रकाश पारेका थिए । उनले, समाजमा हुने अनैतिक गतिविधिहरुलाई नियन्त्रण गर्न युवाहरुको महत्वोपुर्ण भुमिका रहेको हुँदा, युवा बर्गहरुलाई कुलतमा नलाग्न आग्रह गरे । उनी भन्छन, तपाईंहरु नै कुलतमा लाग्नुभयो भने समाजको बिकास कसले गर्छ । त्यसैले तपाईंहरु सबैजना एकजुट भएर समाजमा हुने सबै खालका समस्याहरुको निराकरणमा लाग्नुहोस् । तपाईंहरुको साथमा म रहनेछु । यदि कोही कसैले समाजमा हिंसा सिर्जना गर्न खोज्छ । भने त्यसलाई तत्काल कारबाही गरिने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया