चितवन । ” युनिक युथ नि:शुल्क उपहार घर ” को दोस्रो सेवा पूर्वी चितवनकाे टाँडी पुलमा सुरु भएकाे छ । युनिक युथ क्लब, रत्ननगर र राष्ट्रप्रेमी युवा समाज रत्ननगर को पहलमा विभिन्न समाजिक ब्याक्तित्व एवम् समाजिक संघ-संस्थाहरु को सहयोग र सहकार्यमा निर्मित ” युनिक युथ नि:शुल्क उपहार घर ” को दोस्रो सेवा टाँडी पुलमा एक कार्यक्रमका बिच शनिबार सुभारम्भ भएकाे हाे ।
साे कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं:-१० का वडा अध्यक्ष तथा क्लबका सल्लाहकार केशव आचार्य प्रमुख अतिथि रहेका थिए । उनले युनिक युथ क्लबले गरेकाे सामाजिक कार्यकाे मुक्त कण्ठले प्रशंसा गरेका थिए । कार्यक्रममा क्लबका सल्लाहकार सामाजिक तथा सरसफाई अभियन्ता ज्ञानेन्द्र राज पाण्डे, सामाजिक ब्यक्तित्व चन्द्रीका के.सि लागाएतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम युनिक युथ क्लब, रत्ननगर तथा राष्ट्रप्रेमी युवा समाज रत्ननगरका अध्यक्ष बिकास पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

तपाईको प्रतिक्रिया