महेश पाण्डे
चितवन । मंसिर २८ र २९ गते हुने रत्ननगर उद्योग वाणिज्य संघको अधिवेशनको लागि सरगर्मी निकै बढेको छ यतिबेला रत्ननगरमा । जसमा कांग्रेस निकटका श्रेष्ठ र नेकपा निकटका गिरी प्यानल चुनावी मैदानमा उत्रिएका छन् । संघको बिधानमा वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा सोत अध्यक्ष बन्ने नियम अनुसार अहिले वरिष्ठ उपाध्यक्ष पद सहित अन्य पदका लागि निर्वाचन हुन लागेको हो । यस अघिको निर्वाचनमा अनिल कृष्ठ श्रेष्ठ वरिष्ठ उपाध्यक्षको पदमा निर्वाचित भएका थिए । उनले अबको ३ वर्ष संस्थाको नेतृत्व गर्नेछन् । उनि कांग्रेस निकटका हुन । संघको बिधान अनुसार २९ सदस्यीय कार्यसमिति बन्नेछ जसमा अन्य ४ सदस्य भने मनोनीत हुनेछन् । आगामी अधिबेशनमा १ हजार ३ सय ५३ सदस्यले मतदान गर्नेछन् । अहिलेको अधिवेशनमा नेपाली काङ्ग्रेस निकट र नेकपा निकटका व्यवसायीहरूले प्यानल नै बनाएर चुनावमा होमिदै बजारमा प्रचारबाजीनै गर्न थालीसकेका छन् ।
आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि कांग्रेस प्यानलका देवेन्द्र कुमार श्रेष्ठको उमेदवारी परेको छ । उनी संघमा दुई पटक महासचिव भइसकेका छन् भने वर्तमान समितिमा मनोनित सदस्य पनि हुन् ।

उनको प्यानलमा बाणिज्य उपाध्यक्षमा कबिन घिमिरे, उद्योग उपाध्यक्षमा निरन्जन थापा, बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट र एसोसिएट उपाध्यक्षमा हरिप्रसाद अधिकारी, महासचिवमा माधव पौडेल र कोषाध्यक्षमा मिना उप्रेती रहेका छन् । त्यस्तै सदस्यहरुमा सिताराम भट्टराई, बुद्धराम जोशी, यमनाथ आचार्य, सुरेन्द्र श्रेष्ठ, हेमराज आचार्य, कृष्ण चौधरी, सुर्यकान्त पौडेल, सागर दवाडी, शमशेर घामल्य, सबिन मानन्धर, कपिल ढकाल, हरिशरण भट्टराई, अरुण सिवाकोटी, नवराज लामिछाने, शिवराज मैनाली, श्रीरलाल परियार र बुद्धि चौधरी रहेका छन् ।

नेकपा निकट प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शंकर गिरीको उमेदवारी परेको छ । उनी हाल संघको उपाध्यक्ष रहेका छन् ।

गिरी नेतृत्वको प्यानलबाट बाणिज्य उपाध्यक्षमा भिमनारायण श्रेष्ठ, उद्योग उपाध्यक्षमा पुरु खनाल, एसोसिएट उपाध्यक्षमा राममणी थपलिया, महासचिवमा निराजन खनाल, कोषाध्यक्षमा उपेन्द्र शर्मा आचार्य त्यस्तै सदस्यहरुमा ईश्वरी प्रसाद अर्याल, रामशरण नेपाल, सुरेन्द्र दुवाडी, सुर्य रेग्मी, सुन्दरमणी सुवेदी, प्रकाशमणी सापकोटा, अर्जुन बस्ताकोटी, महेन्द्र घिमिरे, रामप्रसाद पाण्डे, उद्धव कोइराला, अनुप बिसुराल, सुवास मिश्र, उत्तम घिमिरे, लोजिककृष्ण सागर, जोगेन्द्र महतो र निर्मला सुबेदिको रहेका छन् ।

बुधवार गरिएको मनोनयन दर्तामा बाणिज्यतर्फ सदस्यमा ८ जनाको लागि १६ जनाले ,उद्योग तर्फ सदस्यमा ६ जनाका लागि १२ जनाले, एसोसिएट सदस्यमा ३ जनाले र बस्तुगत सदस्यमा २ जनाले उम्मेदवारी दिएका छन् । संघको अधिवेशनको निर्वाचन तालिका अनुसार बिहीबार उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

बस्तुगत उपाध्यक्षमा भट्ट निर्विरोध

बुधबार निर्वाचन तालिका अनुसार उम्मेदवारी दर्तामा बस्तुगत उपाध्यक्ष पदमा एक जनाको मात्र उम्मेदवारी परेपछि कांग्रेस प्यानलमा रहेका रघुनाथ भट्ट निर्विरोध चयन भएका छन् । बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्टको मात्र नाम परेको र उनि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

नेकपा बाट वाणीज्य उपाध्यक्षमा बागि उमेदवारी

नेकपा निकटका देवि प्रसाद डल्लाकोटीले वाणीज्य उपाध्यक्ष पदमा बागि उमेदवारी दिएका छन् । यसअघि बाणिज्य उपाध्यक्षमा श्रेष्ठ र उद्योग उपाध्यक्षमा डल्लाकोटिले उम्मेदवारी दिने नेकपा प्यानलमा सहमती भएको तर उम्मेदवारीको अन्तिम समयमा डल्लाकोटिले वाणिज्य उपाध्यक्षमा उम्मेदवारी दिएपछि नेकपाभित्र तरंग उत्पन्न भएको बुझिएको छ । आज (बिहीबार) सम्म भने एक जनाले उम्मेदवारी फिर्ता लिन सक्ने पनि अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया