अजित अधिकारी
चितवन । माडी नगरपालिका ७ स्थित जगन्नाथपुरीमा रहेको श्री जगन्नाथ नि.मा.बि. को प्राङ्गणमा एक दिने निशुल्क स्वास्थ शिबिर हुने भएको छ । देबेन्द्रपुर बजार ब्यबस्थापन समितिको आयोजना तथा औषधी ब्यबसायी संग माडी र सफल फार्मेसीको समन्वयमा मंसिर २७ गते शनिबारका दिन सो कार्यक्रम आयोजना गर्न लागिएको बघौडा अस्पतालका स्वास्थ्यकर्मी सफल गौतमले बताए । उनका अनुसार,
शिबिरमा नाक, कान, घाँटी, स्त्री तथा प्रजनन रोग, सुगर प्रेसर थाइराइड, जस्ता रोगहरुको निशुल्क उपचार गरिने ब्यबस्था रहेको छ । भरतपुर अस्पतालका नाक, कान, तथा घाँटी रोगका विशेषज्ञ डा. अपार पोख्रेल, स्त्री तथा प्रजनन रोगका विशेषज्ञ डा. पुष्प चौधरी, फिजिसियन डा. नबराज लामिछाने, डा. निकेश कुमार गिरी, डा. सुरज ढकाल लगाएतका विशेषज्ञहरुको शिबिरमा सहभागीता रहने स्वास्थ्यकर्मी गौतमको भनाइ छ ।

तपाईको प्रतिक्रिया