चितवन । चितवनको ईच्छाकामनामा बिजुलीको पोलमा ठोक्किँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (शुक्रबार) बिहान ९ बजेर ५५ मिनेटमा ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडक साइडमा रहेको फलामको बिजुलीको पोलमा ठोकिएको थियो ।
बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भई मृत्यु हुनेमा बलेरो चालक इच्छाकामना गा.पा. ६ बस्ने बर्ष ३० का निर्मल गुरुङ र सोहि ठाँउ बस्ने वर्ष ५० की खिमा कुमारी गुरुङ रहेको प्रहरीले जनाएको छ । घाईतेहरु मध्य ७ जनाको नयाँ मेडिकल कलेज मा र ५ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेका छ ।

नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत घाईतेहरुमा ईच्छाकामना ६ बस्ने क्रमशः बर्ष ५० की चन्द्र माया चेपाङ, बर्ष ४६ की सिता गुरुङ र बर्ष ५२ की तुलिमाया गुरुङको अवस्था चिन्ताजनक रहको प्रहरीको जानकारी दिएको छ । सोहि अस्पतालमा उपचाररत घाइतेहरुमा ईच्छाकामना ६ का क्रमशः बर्ष २२ की कबिता चेपाङ, बर्ष २० की सुकमती चेपाङ, बर्ष ५१ का तिलक बहादुर गुरुङ, बर्ष ३७ का बालकृण्ण भट्राराईको उपचार भैरहेको छ । त्यस्तै पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेका घाइते हरुमा ईच्छाकामना गा.पा. ६ बस्ने क्रमशः बर्ष २३ की दिया क्षेत्री, बर्ष ४० की सन्तमाया भुजेल, बर्ष ३५ की पुतली माया गुरुङ, बर्ष ३५ की ज्योती घर्ती, र ईच्छाकामना गाउँपालिका ३ बस्ने बर्ष ३८ की मिनमाया गुरुङ रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया