महेश पाण्डे
चितवन । रत्ननगर उद्योग बाणिज्य संघको २१ औं साधारण सभा तथा नवौं अधिवेशन अन्र्तगत आज (सोमबार) भएको मतदान सकिएको छ । संघमा रहेका १३२५ मतदाता संख्या मध्य करिब ९० प्रतिशत अर्थात ११९१ मत खसेको सो निर्वाचनका निर्वाचन अधिकृत रामकृष्ण अधिकारीले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
बिहान ९ बजे सुरु हुने भनिएको निर्वाचन १ घण्टा ढिलो अर्थात १० बजे सुरु भएकोे थियो भने बेलुका ४ बजे सम्म मतदान गरिसक्नु पर्र्ने नियम भएपनि बिहान ढिलो गरि सुरु भएका कारण र मतदाता लाइनमा समयमानै आएका बसेका कारण केहि ढिलो गरि सकिएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए । अधिकारीले मतदान प्रक्रिया आज भएपनि मतगणना भने भोलि उवासंघको कार्यालयमानै हुने प्रवल संभावना रहेको बताए । उनले त्यसको लागि सर्वपक्षिय क्षलफल भएपछि टुंगो लाग्ने बताए । त्यस्तै एसोसियट अन्र्तगत १५० मतदाता मध्य १२१ मत खसेको छ ।
स्थानिय र राष्ट्रिय सभा निर्वाचनलाई बिर्साउने गरि भएको सो मतदानमा बरिष्ठ उपाध्यक्षका लागि नेकपा निकटका व्यवसायी शंकर गिरी र नेपाली काँग्रेस निकटका व्यवसायी देबेन्द्रकुमार श्रेष्ठको प्रतिस्पर्धा रहेको छ । बणिज्य तर्फको उपाध्यक्षमा नेकपाका भीमनारायण श्रेष्ठ र नेपाली काँग्रेसबा कविन घिमिरे तथा स्वतन्त्र उम्मेदवारका रुपमा देवीप्रसाद डल्लाकोटीले उम्मेदवारी रहेको छ । उद्योत तर्फको उपाध्यक्षमा नेकपाका पुरु खनाल र नेपाली काँग्रसबाट निरञ्जन थापा, एशोसियट उपाध्यक्षमा नेकपाका राममणि थपलिया र राप्रपाका हरिप्रसाद अधिकारीले वीच प्रतिस्पर्धा रहेको छ ।
महासचिवमा नेकपाबाट निराजन खनाल र नेपाली काँग्रेसबाट माधवप्रसाद पौडेल र कोषाध्यक्षको लागि नेकपाबाट उपेन्द्र शर्मा आचार्य र नेपाली काँग्रेसबाट मीना उप्रेती वीच प्रतिस्पर्धा रहेको छ ।। बाणिज्य सदस्यको लागि नेकपा बाट अर्जुन बस्ताकोटी, इश्वरी प्रसाद अर्याल,रामशरण नेपाल, सुन्दरमणि सुवेदी,सुरेन्द्र दुवाडी, सुर्य प्रकास रेग्मी, प्रकासमणि सापकोटा, उत्तम घिमिर र नेपाली काँग्रेसबाट सुरेन्द्रकुमार श्रेष्ठ, यामनाथ आचार्य,हेमराज आचार्य,कृष्ण चौधरी,सागर दुवाडी, सिताराम भट्टराई, बुद्धराम जोशी, सुर्यकान्त पौडेल चुनावी मैदानमा छन । उद्योग तर्फ सदस्यका लागि नेकपाबाट अनुप विसुराल, सुवास मिश्र, उद्धबकुमार कोइराला, रामप्रसाद पाण्डे, महेन्द्र घिमिरे, विरञ्जना सापकोटा र नेपाली काँग्रेसवाट बुद्धिराज ओझा, अरुणकुमार सिवाकोटी, शम्शेर घामल्य, सविन मानन्धर, कपिल ढकाल र हरिशरण भट्टराई वीच प्रतिस्पर्धा रहेको छ ।
महिला सदस्यमा नेकपाबाट निर्मला सुवेली र नेपाली काँग्रेसबाट उर्मिलादेबी पोखरेल चुनावी मैदानमा छन । बस्तुगत उपाध्यक्षमा नेपाली काँग्रेसका रघुनाथ भट्ट, बस्तुगत सदस्यमा नेपाली काँग्रेसका शिबराज मैनाली र नेकपाबाट एसोसियट सदस्यमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर निर्विरोध निर्वाचित भइसकेका छन । यो अधिवेशनले बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ । ७ सदस्य भने मनोनित गर्ने व्यवस्था रहेको छ ।












