अजित अधिकारी
चितवन । भन्सार छली ल्याएको सामान सहित माडीमा ८ जना पक्राउ परेका छन् । माडीमा पछिल्लो समय सडक दुर्घटना संगसंगै चोरीका घटनाहरु बढ्न थालेपछि ईलाका प्रहरी कार्यालय माडीले कडा निगरानी थालेको छ । यसै क्रममा मंगलबार भन्सार छलेर लुकिछिपी भारतबाट नेपालमा ल्याउँदै गरेको विभिन्न ११ प्रकारका औषधिहरु प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली रुपैया झन्डै २११०५३२.५० पैसा बराबर को ८८६ बट्टा सहित ८ जनाको गिरोह पक्राउ गरिएको ईलाका प्रहरी कर्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए । उनले प्रकाउ परेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय भरतपुर पठाइएको जानकारी दिए ।

यसैगरी उनले, प्रहरी चौकी टम्टाले दिएको सुचनाको आधारमा बोरामा लुकाएर ल्याइएको ४ बोरा औषधि बरामद गरिएको र औषधी ल्याएका ४ जना प्रहरी देखेपछि भागेको र उनिहरुको खोजिकार्य जारी राखिएको प्रहरी प्रमुख पौडेलको भनाइ छ । ४३० थान औषधी झन्डै ९ लाख ९५ हजार बराबरको सामान रहेको र यो संगै झन्डै ३१,०५,५३२ हजार बराबरको सामान रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।












