महेश पाण्डे
चितवन: रत्ननगर खानेपानीको ११ औं बार्षिक साधारण सभा सुरु भएकाे छ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे ११ औं बार्षिक साधारण सभा आइतबारबाट रत्ननगरमा सुरु भएकाे हाे । आइतबारबाट सुरु भएकाे साधरण सभा पाैष ७ गते सम्म चल्नेछ ।

संस्थाका अध्यक्ष भिष्मराज पाैडेलले संस्थाकाे २०७६/०७७ काे असार मसान्तसम्ममा संचालन आम्दानी ३ कराेड ६३ लाख ६० हजार ९७८ रहेकाेमा संचालन खर्च २ कराेड ४५ लाख ३२ हजार ४१८ भई कुल १ कराेड १८ लाख २८ हजार ५५९ बचत भएकाे जानकारी दिए ।

पाैडेलले हालका दिनमा सुकुम्बासी, विपन्न, दलित र राज्यद्वारा राजपत्रमा सुचिकृत विपन्न आदिवासी, जनजाति लगाएतकाे धारा जडान शुल्कमा ५० प्रतिशत छुट दिने ब्यवस्था गरेबमाेजिम निवेदन पेश भएकाकाे अनुगमन गर्दा २६८ जनालाई धारा जडानमा छुट दिने निर्णय भएकाे र हाल सम्म १२६ जनाले सहुलियतमा धारा जडान गरेकाे बताए । उनले हाल संस्थाले ३४० कि.मि. पाइपकाे संजाल बिस्तार गरि सकेकाे जानकारी दिए ।

साे कार्यक्रममा प्रमुख अतिथि बाग्मती प्रदेश चितवन क्षेत्र नं. (ख) का सांसद कृष्ण खनाल रहेका थिए । त्यस्तै बिशिस्ट अतिथिमा बाग्मती प्रदेश सांसद कञ्चन खनाल रहेकी थिइन । त्यस्तो साे कार्यक्रममा रत्ननगर नगरपालिकाकी उप मेयर बिमला दुवाडी, नेकपा रत्ननगर नगर कमिटी अध्यक्ष कुल प्रसाद लामिछाने, नेपाली कांग्रेस रत्ननगर नगर सभापति रुपनराज घिमिरे लगाएतकाे उपस्थिति रहेकाे थियाे । काेभिड महामारीलाई मध्यनजर गर्दै संस्थाकाे साधरण सभा ३ दिनकाे चरणबद्ध कार्यक्रम गरि सञ्चालन गरिएकाे संस्थाबा ब्यवस्थापक बिश्व प्रसाद पाैडेलले नेपालीकाे आवाज डटकमलाई जानकारी दिए ।












