काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश भएका छन् । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
आइतबार राष्ट्रपति बिद्यादेवी भण्डारीबाट संसद विघटन गरे सँगै बिभिन्न कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । । सर्वोच्चमा आइतबार ३ वटा रिट पेश भएकोमा सोमबार दिउँसो १ बजेसम्म थप ५ वटा गरि ८ वटा रिट पेश भएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । उनले रिटको अध्ययन भइरहेको र अध्ययन पश्चात मात्र कति रिट दर्ता हुने भन्ने टुङ्गो लाग्ने बताए ।
आइतबार अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए भने सोमबार अदालत खुलेपछि कानुन व्यवसायीहरु रिट लिएर पुगेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि अब यो निर्णय उल्ट्याउने विकल्प न्यायालय मात्र छ । त्यसैले कनिष्ठदेखि वरिष्ठसम्मका कानुन व्यवसायी प्रधानमन्त्री र राष्ट्रपतिलाई विपक्षी बनाएर संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका हुन् ।

अर्कोतर्फ संसद विघटनको विपक्षमा रहेका संविधानका जानकारहरूले भने हालको संविधानले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया