अजित अधिकारी, चितवन । सुन्दा तपाईंहरुलाई अचम्म लाग्न सक्छ । र नलागोस् पनि कसरी यस्तै अकल्पनीय घटना माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर परुई खोलाको सिरानमा भएको छ । स्थानीयबासीहरुका अनुसार, केही दिन अगाडि आफ्नो खेतबारीमा पानी लगाउन सो स्थानमा रहेको कुलाको मुहानमा जाने क्रममा एक्कासी खोलामा पानी नदेखेपछि कुलाको मुहानदेखि दक्षिणतर्फ करिब आधा कि.मि. माथी भिषण सुख्खा पहिरो गएको र पहिरोले खोला थुनिएर ताल बनेको देखेपछि स्थानीयबासीहरु झनै अचम्ममा परेको बताउछन् । न पानी परेको छ, न त कुनै भुकम्पको पराकम्प नै गएको छ । कसरी यस्तो भएको होला, स्थानीय बासीहरु भन्छन । भिषण सुख्खा पहिरो जाँदा सिचाइ सेवा अबरुद्ध भएको छ । सिचाइ सेवा अबरुद्ध हुँदा खेतबारीमा पानी लगाउन असहज हुनुका साथै पहिरोले निकै लामो समय थुनिएको बाँध फुटेमा परुई खोलाको किनारमा रहेका मानव बस्तीमा जोखिम बढ्न सक्ने परुई जल उपभोक्ता संस्थाका सचिब गणेश अधिकारीले नेपालीको आवाज डटकमसंग बताए । उनका अनुसार, यो अहिलेसम्मकै पहिलो प्राकृतिक घटना भएको र आजसम्म यस्तो घटना भएको नदेखेको अधिकारी बताउछन् ।

झन्डै ५०० मिटर क्षेत्रफल र खोलाको सतहदेखि झन्डै १० मिटर हाइटमा पहिरो खसेको प्रारम्भिक अनुमान गरिएको छ । पहिरोले खोला अबरुद्ध हुँदा सिरानदेखिको पानी जमेर यसले आपतकालीन अबस्था सिर्जना गर्न सक्ने हुँदा यसको संरक्षण र सम्बर्द्धन गर्न आबश्यक देखिन्छ । अहिले यस क्षेत्रको अबलोकन गर्न माडी र माडी बाहिरका मानिसहरु समेत आउने गरेका छन । दिनहुँ यस क्षेत्रको अबलोकन गर्न हजारौं मानिसहरु आउने गरेको स्थानीयबासीहरु बताउछन । यसैगरी यस क्षेत्रको अबलोकन गर्न नेपालका धार्मिक अभियान्ताहरुको टोली समेत माडी आएको थियो । सोमबार आएको उक्त टोलीमा नेपालका धार्मिक अभियान्ता शेखर शर्मा पौडेल, शब्द चिन्तन संघका केन्द्रिय संरक्षक लोक चन्द्र अधिकारी र गर्ग आश्रमकी केन्द्रिय उपाध्यक्ष यमुना आचार्य लगाएतको टोलीले यस क्षेत्रको धार्मिक अबस्थाका बारेमा अध्ययन गरि यस क्षेत्रलाई धार्मिक महत्त्वका रुपमा चित्रण गर्दै, अकल्पनीय रुपमा भएको घटनालाई दैबिक शक्तिका रुपमा भएको बताएको छ । साथै माडी धार्मिक क्षेत्रका रुपमा अग्रणी भुमिका रुपमा रहेकाले यस क्षेत्रमा भगवान रामले तपस्या गरेको हुँदा, उनको दैबिक शक्तिका कारण पहिरो गएर तालको रूपमा परिणत भएको नेपालका धार्मिक अभियान्ता शेखर शर्मा पौडेलको भनाइ छ । उनका अनुसार, उक्त तालको नाम राम ताल राख्नुपर्ने र सो तालमा सिताले स्नान गर्ने हुँदा समग्रमा राम ताल सीता कुण्ड नामकरण गर्नुपर्ने उनको बुझाई छ । यसको संरक्षण र सम्बर्द्धनमा सबैजना एकजुट भएर लाग्नु अहिलेको अपरिहार्य आबश्यकता रहेको धार्मिक अभियान्ता पौडेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया