चितवन । इन्ट्रयाक्ट क्लब अफ स्काईराइडरद्वारा राेटरी मुसहर भिलेजलाई न्यानाे कपडा बितरण गरिएको छ ।
इन्ट्रयाक्ट क्लब अफ स्काईराइडरकाे आयाेजनमा आइतबार राेटरी मुसहर भिलेज, साैराहामा न्यानाे कपडा बितरण कार्यक्रम सम्पन्न गरिएको हाे ।
क्लबकी अध्यक्ष प्रतीक्षा उपाध्यायकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा १२ घरका साना ठुला सबै परिवारलाई जाडाेकाे लागि चाहिने सबै कपडा बितरण गरिएको थियाे । साे न्यानाे कपडा बितरण कार्यक्रममा इन्ट्रयाक्ट क्लबका जेडआइआर आभाष रिजाल, बिभिन्न राेटरीयनहरु र राेट्रयाक्टका अलावा कक्षा ६ देखि १२ सम्मका अन्य बिद्यार्थीहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।

साे संस्थाकाे वर्ष २०२१/२२ की अध्यक्ष आयुष्मा पाेखरेलले क्लबले वर्षभरि बिभिन्न समयमा वातावरणीय सरसफाइ, बृद्धबृध्दालाई खाना खुवाउने, बृक्षाराेपण लगाएतका कार्यक्रमहरु आफुहरुले खाजा खान दिएकाे रकमबाट पैसा बचाई जम्मा गरेकाे रकमबाट भएपनि गर्दै आएको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया