ब्रूसेल्स । बेल्जियममा कोरोना संक्रमित सांता क्लाजले उपहार बाड्दा १५७ जना बिमारी परेका छन् भने १८ जनाकाे मृत्यु भएकाे छ ।
सांता क्लाज बनेर आएका जसले उपहार बाँडे उनी आफै काेराेना भाईरसबाट संक्रमित भएकाे पाइएपछि केयर हाेममा रहेका १२१ जना र ३६ जना स्टाफ पनि संक्रमित भएका थिए । जसका कारण अहिले सम्म १८ जनाकाे मृत्यु भइसकेको छ ।
डेली मेल काे रिपोर्ट अनुसार बेल्जियम (Belgium) काे एन्टवर्पमा रहेकाे केयर होमका कर्मचारीले त्यहाँ रहेका बृद्धबृद्धाकाे मनोबल बढ़ाउन चाहन्थे । जसका कारण उनिहरुले सांता क्लॉज (Santa Claus) लाई बाेलाएर उसकै हातबाट बृद्धबृद्धालाई उपहार दिने याेजना बनाएका थिए । त्यसै क्रममा उक्त बृद्धाआश्रममा रेखदेख र उपचार गर्ने डाक्टरलाई सांता क्लॉज बनाउने याेजना बनाएका थिए ।

उक्त याेजना अनुसार उक्त चिकित्सक सांता क्लॉज (Santa Claus) बनेर केयर होममा गएका थिए । कर्मचारिका अनुसार सांता क्लाँज जब आएकाे थियाे तब उ त्यती स्वस्थ भएकाे महसूस गरिरहेकाे थिएन तर पनि उसले बृद्धबृद्धालाई उपहार दियाे र उनिहरुसंग समय पनि बितायाे । तर पनि साे समयमा सांता क्लॉज बनेर आउने उक्त डाक्टरलाई थाहा थिएनकी उसलाई कोरोना वायरस (Coronavirus) से संक्रमण छ । तर पछि जब उ धेरैनै बिरामी भयाे तब स्वाब टेस्ट गर्दा उसकाे काेराेना रिपोर्ट पाेजेटिभ आयो । त्यसपछि उक्त केयर होममा बसिरहेका ब्यक्तिहरुकाे पनि एक-एक गरेर कोरोना पाेजेटिभ आउन थाल्याे ।
रिपोर्टका अनुसार कोरोना (Coronavirus) काे कारण अहिलेसम्म साे केयर हाेममा १२१ बृद्धबृद्धा र ३६ जना स्टाफ संक्रमित भइसकेका छन् । क्रिसमसकाे एक दिन पहिला र क्रिसमसकाे दिन मात्रै पनि पांच जनाकाे मृत्यु भएकाे थियाे । जसका कारण अहिलेसम्म केयर होमका १८ जनाकाे मृत्यु भइसकेको छ । कोरोनाकाे घटना बढ़े पछि त्यहाँको प्रशासनले सांता क्लॉज बन्ने काममानै राेक लगाइ दिएकाे छ ।

तपाईको प्रतिक्रिया