काठमाडौं । २१ दिनभित्र बक्यौता भुक्तानी गर्ने सहमति पछि उखु किसानले आन्दोलन स्थगित गरेका छन् । साेमबार माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुादे समझदारी भएपछि उखु किसानले आन्दाेलन स्थगित गरेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्तामा सरकारले २१ दिनभित्र उखु किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएपछि आन्दाेलन स्थगित भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।

ओझाका अनुसार उखु किसानको बक्यौता २१ दिन भित्र उद्योगीबाट दिलाई दिन मन्त्रालयले पहल गर्ने त्यो सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति भएपछि आन्दाेलन स्थगित भएकाे हाे ।

तपाईको प्रतिक्रिया