अजित अधिकारी
चितवन । जनकल्याण माध्यमिक विद्यालयले आफ्नो ३१ औं बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको छ । नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उप प्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, दिवाकर स्मृति प्राबिधिक शिक्षालयका प्रमुख उपेन्द्र पोख्रेल, र इ.डि.यु संस्थाकी संरक्षक टुकमाया खड्का बिशिष्ट अतिथिको रुपमा रहेकी थिइन् ।

यसैगरी ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेल, माडीमा रहेका विभिन्न वडाका वडा प्रतिनिधि शिक्षक समाजसेवी एबम पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका नगर प्रमुख ढकालले, शिक्षाको क्षेत्रमा यस बिद्यालयले खेलेको भुमिका माथी प्रकाश पारेका थिए । समाजमा हुने धनी गरीब बिचको असमानताको अन्त्य गर्दै, शिक्षाको माध्यमबाट समाजमा उज्यालो ज्योतिको किरण छर्नुपर्ने अहिलेको अपरिहार्य आबश्यकता रहेको उनको भनाइ थियो । यसैगरी उनले, बिपन्न तथा गरिब परिवारको लागि नगरपालिकाले शिक्षामा विशेष पहल गर्दै आएको बताए । माडी नगरपालिका र शिक्षा नगर समिति माडीले छिटै नै यस विद्यालयलाई नमुना विद्यालयको रूपमा सुचिकृत गर्ने अबधारणा ल्याएको बताए । यसैगरी सो कार्यक्रममा जेहेन्दार छात्राहरुलाई साइकल वितरण गरिएको छ ।


विद्यालयका पूर्व विद्यार्थीहरुद्वारा इ.डि.यु लाइट नामक संस्थाको सहयोगमा विद्यालयमा अध्ययनरत २० जना छात्राहरुलाई साइकल हस्तान्तरण गरिएको हो । यसैगरी कार्यक्रममा गत शैक्षिक बर्षको बार्षिक परीक्षामा सर्बाधिक अंक ल्याएका तथा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा विजेता हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार विष्टको अध्यक्षतामा भएको बार्षिकोत्सव तथा अभिभावक दिबसमा प्रधानाध्यापक राम बहादुर जि.सी.ले प्रगति प्रतिवेदन पढेर सुनाएका थिए ।

तपाईको प्रतिक्रिया