काठमाडौं । प्रधानमन्त्री ओलीले माधव कुमार नेपाल प्रचण्डको कार्यकर्ता भएकाे जिकिर गरेका छन् ।
सुदूरपश्चिम प्रदेश स्तरीय बृहत कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल प्रचण्डको कार्यकर्ता भैसकेकाे बताएका हुन् ।

प्रधानमन्त्री वलीले ब्यङ्ग्य गर्दै भने ” माधव कुमार नेपाल अब प्रचण्डको कार्यकर्ता भैसके, केकानै पाउछु भनेर गएका थिए द्वितीय भए, स्वर्ण पाउलान् भनेकाे पाउन त पाए त्यहि त हाे द्वितीय रजत । ”

प्रधानमन्त्री ओलीले प्रचण्डलाई लक्षित गर्दै भने “केही मानिसहरु बैशाखमा चुनाव हुदैन भनेर भन्दैछन् भने फेरि त्यहि मानिसहरु बैशाखमा चुनाव भए ओली सकिन्छ पनि भन्दैछन्, के भनेका हुन् मैले बुझिन, बरु म उनिहरुले केही सिट जितुन भनेर शुभकामना दिन चाहान्छु ।”

६४ प्रतिशत बहुमत भएकाे सरकारले गरेकाे संसद बिघटन अब ३५ प्रतिशत भएकाले पुनःस्थापन गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले सबैलाई चुननवकाे तयारी गर्न आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया