चितवन । रत्ननगरमा एक करोडको लगानीमा १८२४ केक एण्ड सेक स्टुडियो क्याफे सञ्चालनमा आएकाे छ । पूर्वी चितवनको रत्ननगरमा स्थानीय दुई युवाहरुले एक करोडको लगानीमा १८२४ केक एण्ड सेक स्टुडियो क्याफे सञ्चालनमा ल्याएका हुन् । सो क्याफेको शुक्रवार एक समारोहका बीच रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले उद्घाटन गरेका थिए ।

सो अबसरमा उनले युवाहरुले लगानी सुरक्षा गर्न उवासंघ तयार रहेको बताए । रत्ननगरको टाँडी बजारलाई व्यवस्थित गर्नको लागि काम सुरु भएको भन्दै उनले व्यवसायिक सुरक्षा र बजार व्यवस्थापनलाई संगसंगै अगाडि बढाउने उनको भनाई छ । युवाहरुले गरेको लगानी सुरक्षा गर्ने दायित्व हाम्रो हो गिरीले भने यसका लागि स्थानीय सरकारसंग सहकार्य गरेर लगानी सुरक्षाको कार्यनीति बनाउने छौं ।

बरिष्ठ उपाध्यक्ष गिरीले आफ्नै ठाउँमा व्यवसाय गरेर आर्थिक विकास र रोजगारी सृजना गर्ने युवाहरुलाई संघले अभिभाककत्व प्रदान गर्ने बताए । स्थानीय झलक पौडेल र माधव सापकोटाको सयुक्त लगानीमा सुरु भएको सो क्याफेबाट बेकरी,जुुस,कफी तथा रेष्टुरेष्टका खानेकुरा र बार सञ्चालन गरिने छ ।

बजारीकरण तर्फ उन्मुख रत्ननगरको टाँडी बजारमा एउटै छातामुनी विभिन्न स्वादका खानेकुरा,पिय पदार्थ उपलब्ध हुने गरी क्याफे सञ्चालनमा ल्याएको सञ्चालक सापकोटाले बताए । सञ्चालक पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चारकर्मी समेत रहेका विपीन शर्मा आचार्यले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया