चितवन । रत्ननगरमा चाेरीकाे घटना बढेकाे भन्दै रत्ननगर उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगरकाे ध्यानाकर्षण गरेकाे छ ।

रत्ननगरमा पछिल्ला दिनमा बढ्दै गरेकाे चाेरीकाे घटनाका कारण शान्ति शुरक्षाकाे अनुभुती नभएकाे भन्दै आज (आइतबार) जिल्ला प्रशासन कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगरमा ध्यानाकर्षण पत्र बुझाएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले जानकारी दिए ।

उनले पछिल्ला दिनमा रत्ननगर नगरपालिकामा रहेकाे मेगा बैंककाे एटीएम मेसिन ताेडफाेड, माेटरसाईकल, साइकल र पसलहरु चाेरी गर्ने कार्य दिन प्रतिदिन बढिरहेकाले प्रहरीलाई रात्रि गस्ती र सवारी चेकजाँचलाई कडा पार्न भनि पत्र सहित प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख रबिन कार्कीको ध्यानाकर्षण गरिएको जानकारी दिए ।
साे ध्यानाकर्षण पत्र बुझाउन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठको साथमा वरिष्ठ उपाध्यक्ष शंकर गिरी, उपाध्यक्षहरु पुरु खनाल, रघुनाथ भट्ट र महासचिव निराजन खनाल सहितकाे टिमनै जिल्ला प्रशासन कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगर पुगेकाे थियाे ।

तपाईको प्रतिक्रिया