चितवन । पूर्वी चितवनको रत्ननगर-१० मा रहेकाे क्वेष्ट मोडल कलेजमा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कलेज गएका आफ्ना बाबुनानीहरुको गतिविधिहरुको जानकारी सम्बन्धित अभिभावकले आफ्नो मोबाइलमा नै हेर्न सक्ने कलेजको आफ्नै मोबाइल एप्लिकेशनको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले गत पौष १७ गते कलेजको शभाहलमा आयोजना गरिएको कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुका अभिभावकहरुको अन्तरक्रिया कार्यक्रम क्वेष्ट मोडल कलेज रत्ननगर १० मा आज (आइतबार) सम्पन्न भएको हाे ।

कलेज प्रमुख जगदिशचन्द्र शर्माको अध्यक्षता एवम् सहजिकरणमा सम्पन्न भएको उक्त कार्यक्रम स. प्राध्यापक गोपिलाल श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । सहायक प्राचार्य नेत्र बहादुर क्षेत्री, कालिका नगरपालिकाका जनपतिनिधि एवम् अभिभावक दशरथ सापकोटा, आनन्द सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा लेखा प्रमुख प्रकाश शर्मा र स. प्राध्यापक सि.पि. घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु वार्षिक परीक्षामा उत्तीर्ण हुनैपर्ने ‘संकल्प सूत्र’ अनुमोदन गरिएको थियाे जसका लागि कलेजले अख्तियारी गर्ने कार्यनीति र अभिभावकहरुले बहन गर्नुपर्ने जिम्मेवारीको बारेमा कलेज प्रमुख शर्माले बुँदागत रुपमा प्रकाश पार्नु भएको थियो ।

विशेष गरी विद्यार्थिहरुको हाँजिरी दैनिक रुपमा अभिभावकले घरमै थाहा पाउन, आन्तरिक परिक्षाका नतिजाहरुको बारेमा जानकारी पाउन र कलेजका विविध कार्यक्रमको बारेमा जानकारी एवम् सूचना प्राप्त गर्न कलेजको मोबाइल एप्लिकेशनले सहयोग गर्ने भएका कारण अन्तरक्रिया पश्चात आ–आफ्नो मोबाइलमा कलेजको एप्लिकेशन डाउनलोड गरी आइडी र पासवर्ड लिदैँ गर्दा सबै अभिभावक अत्यन्तै हर्षित देखिएका थिए ।

साे एप्लिकेशनले विद्यालय र विद्यार्थी मात्रै स्मार्ट नभएर अभिभावकहरुलाई पनि स्मार्ट बनाउने र कलेजलाई पूर्वी चितवनकै पहिलो प्रविधिमैत्री कलेज बनाउने अभियानमा यो कार्यक्रम आधारस्तम्भ हुने कलेज प्रमुख शर्माको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया