अजित अधिकारी
चितवन । माडी नगरपालिका ३ स्थित बसन्तपुर बजारको खुल्ला खेलमैदानमा सुरु भएको माडी स्तरीय नकआउट टि २० क्रीकेट प्रतियोगितामा कल्याणपुर युथ क्लबले उपाधी जित्न सफल भएको छ । बसन्तपुर युथ क्लबले आयोजना गरेको सो खेलमा आज सम्पन्न भएको फाइनल खेलमा देबेन्द्रपुर क्रीकेट क्लबलाई ७ विकेटले पराजित गर्दैं कल्याणपुरले ट्रफी उचाल्न सफल भएको छ । टस जितेर पहिले फिल्डिङ्ग गरेको कल्याणपुर युथ क्लबले देबेन्द्रपुर क्रीकेट क्लवलाई १४.२ ओभरमा ८९ रन बनाउँदाको अवस्थामा अलआउट गर्न सफल भएको थियो ।

जवाफी ब्याटिङ्गमा उत्रिएको कल्याणपुर युथ क्लबले १३.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटाउन सफल भएको थियो । खेलमा ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका कल्याणपुर युथ क्लबका बिपिन पन्त म्यान अफ द म्याच घोषित भएका छन । साथै उक्त खेलमा कल्याणपुर युथ क्लबले ७ विकेटको बिजय हासिल गर्न सफल भएको थियो । बसन्तपुर युथ क्लबको आयोजनामा गत पौष १६ गतेदेखि सञ्चालित प्रतियोगिताको फाइनल खेल जित्दै विजेता भएको कल्याणपुर युथ क्लबले नगद रु. १५ हजार र उपविजेता देवेन्द्रपुर क्रीकेट क्लबले नगद रु ५,५०० प्राप्त गरेका छन । कार्यक्रममा माडी नगरपालिकाका खेल प्रशिक्षक दिल कुमारी नेपाल, क्लवका संरक्षक गोविन्द पौडेल र क्लवका अध्यक्ष पदम पन्तले दुवै टिमलाई पुरस्कार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया