काठमाडौं । नेपालले वायु प्रदुषणमा बिश्वलाई उछिनेर १ नं बनेकाे छ । जस अनुसार काठमाडौं वायु प्रदुषण सूचीकाे १ नम्बरमा देखिएकाे छ ।

संसारकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको बिन्दूमा पुगेको हो ।

उक्त वेबसाइटका अनुसार काठमाडौंमा वायुको गुणस्तर खराबको सूचीमा १ नम्बरमा रहेको छ । साे वेबसाइटमा राति ९ बजेसम्म पनि काठमाडौंको वायुमा कुनै सुधार नदेखिएकाे रेकर्ड राखिएको छ ।

साेमबार देशभरिनै बिहानै देखि आकाश धुम्मिएको थियो । विभिन्न ठाउँमा विहानै देखि फाट्टफुट्ट वर्षा पनि भएकाे थियो । याे देखेर धेरैलाई लागेको थियो, यो हिउँदे (पौषे) वर्षा हुनका लागि आकाश धुम्मिएको होला । अब चिसाे झन बढ्ने छ ।
तर काठमाडौंको आकाशमा धुम्मिएर तुँवालो जस्तो देखिएकाे वस्तु हिउदे वर्षाकाे कारणले नभई हावाको कणमा मिसिएर रहेको विषाक्तताकाे कारणले देखिएकाे थियाे ।

त्यसाे त वायु प्रदूषणका दृष्टिले काठमाडौं खतराको सूचीमा पहिले देखिनै रहेकोमा साेमबार भने बिश्वलाईनै उछिने पछि यस्ताे अवस्थामा स्वास्थमा विशेष ध्यान दिन भनिएकाे छ ।

बिशेषगरि यस्तो अवस्थामा अनिवार्य मास्क लगाउने, बाहिरबाट आउने खराब हावा प्रवेश गर्न नदिन आफ्नो घर कोठाको झ्याल ढोका बन्द गर्ने, घर बाहिर गएर गर्ने शारिरीक अभ्यास नगर्ने जस्तो सल्लाह दिइएको छ ।

धूलोको कणहरु बोकेको गह्रौ हावा तल र तातो हलुका हावा माथि हुँदा यस्तो अवस्था हुने वातावरण विदहरु बताउछन् । यस्तो हुँदा कतिपय अवस्थामा त ठूलो हूरी, आँधीसमेत आउने उनिहरुकाे तर्क छ ।

तपाईको प्रतिक्रिया