काठमाडौँ : संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनको मुद्दाबारे सुनुवाइमा आफू नबस्ने घोषणा गरेसंगै बुधबारकाे सुनुवाइ अवरुद्घ भएकाे छ ।

संसद विघटनको मुद्दाबारे बुधबार सुरु भएको सुनुवाइको क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा, मुक्ति प्रधान र दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी ओली यसअघि प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ताको रुपमा रहेकाले स्वार्थ बाझिनसक्ने भन्दै न्यायाधीश कार्कीको सहभागिताकाे बिषयमा प्रश्न उठाएपछि उनले इजलासमा नबस्ने घोषणा गरेका हुन् ।

संवैधानिक इजलासमा शुक्रबार र बुधबार सुुनुवाइ हुने प्रावधान भएपनि कार्कीको अनुपस्थिति भएसँगै बुधबारको सुनुवाइ भने अवरुद्ध भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अर्का न्यायाधीशलाई संवैधानिक इजलासमा तोकेपछि मात्र सुनुवाइ हुने भएको छ।

संसद विघटन भएपछि त्यस विरुद्ध दर्जन जति रिट सर्वोच्चमा परेका छन्। गत पुस १० गते संवैधानिक इजालसले प्रारम्भिक सुनुवाइपछि संसद विघटन गर्नुपर्ने कारण देखाउ आदेश जारी पनि गरेको थियो। 

तपाईको प्रतिक्रिया