काठमाडौं । सवारी दुर्घटना मुद्धामा घुस लिएको आरोप लागेका थानकोटका इन्सपेक्टर शर्मा निलम्बित भएका छन् । सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको थाहा पाएपछि पुस १९ महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको थियाे ।  प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरका अनुसार प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेकाे हाे ।

शर्मा घुस प्रकरणमा मुछिएपछि गत पुस १९ मा काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारीबाट हटाएका थिए । शर्माका बारेमा डिएसपी घनश्याम श्रष्ठको रिपोर्टीङ गरेपछि महानगरीय प्रहरी कार्यालयले हेड्क्वार्टरलाई शर्मालाई निलम्बन गर्न पत्र लेखेको थियो । साेहि आधारमा पनि निलम्बनमा परेका हुन् ।

तपाईको प्रतिक्रिया