अजित अधिकारी
पोखरा । नेपाल प्राकृतिक शौन्दर्यताले मात्र नभई जैबिक विविधताले समेत परिचित छ । प्राचिन समयमा निर्माण भएका विभिन्न कलाकृति एबम कलाकौशलहरु जसले नेपालको प्राचीन कला साहित्यको जगेर्नामा महत्वोपुर्ण भुमिका खेलेको पाउन सकिन्छ । उसो त नेपाल आँफैमा धर्म संस्कृति, रितिरिवाज, र आ आफ्नै परम्पराले नेपाल सुसज्जित छ । यसैगरी काष्ठकला, चित्रकला, मूर्तिकला लगाएतका बिधामा समेत अगाडि छ । तपाईंहरुलाई अचम्म लाग्न सक्छ । त्यहाँ दर्शन गर्नाले मनका मनोआकाङ्क्षाहरु कसरी पुरा हुन्छन । भन्ने पक्कै लाग्दो होला, तपाईंहरुलाई तर यसमा दुई मत नै छैन । तपाईंहरुले जे कुरा माग्नुहुन्छ, त्यहाँ गएर भगवानले सबै कुरा पुरा गरिदिने धार्मिक जनबिश्वास छ ।

मनले आँटे ताकेका मनोकामना पुरा गरिदिने मन्दिर भएको ठाउँ कहाँ होला भन्ने पक्कै तपाईंको मनमा भएको हुन सक्छ । यो मन्दिर भएको ठाउँ हो, पोखरामा रहेको मध्य नेपाल नगरपालिका ७ स्थित कर्पुटारमा सो मन्दिर रहेको छ ।
ईशानेश्वर महादेब मन्दिर : स्थानीय चोलनाथ घिमिरेका अनुसार, सन् १९३० सालमा रुद्र शाहले नै यस मन्दिरको सुरुवात एबम निर्माण गरेको र सुरुका दिनहरुमा यहाँ उनले, गुठी बनाएर बसेको र झन्डै ६०० बर्ष पुरानो मन्दिर रहेको किबदन्तीमा उल्लेख छ । उनका अनुसार, यस मन्दिरको दर्शन गर्न नेपालका विभिन्न क्षेत्र एबम छिमेकी राष्ट्र भारतवाट समेत मानिसहरु आउने गरेको बताए । यस मन्दिरमा विशेषगरी शिवारात्रीको दिन मानिसहरुको भिड लाग्ने गर्दछ । त्यो दिन यहाँ, दुध चढाउने, रुद्री तथा ब्रतबन्ध गर्ने चलन छ । यस मन्दिरमा आएर दर्शन गर्नाले आँफुले मनले चिताएका मनोकामना सबै पुरा हुने धार्मिक जनबिश्वास रहेको स्थानीय घिमिरेले बताए । यसैगरी सन्तान नभएकालाई सन्तान प्राप्त हुने, बिबाह नभएकाहरुको छिटै बिबाह हुने, र परिवारमा सुख शान्ति समृद्धि एबम माधुर्यता छाउने जस्ता बरहरु पाउन सकिने जनबिश्वास छ । यहि बिश्वासका आधारमा नै मानिसहरु यस ईशानेश्वर महादेब मन्दिरमा आउने गरेको र यहाँ आउने जति सबैका मनोकामना पुरा भएको स्थानीय घिमिरे बताउँछन । यस मन्दिर वरपर रमाइलो स्वच्छ हावापानी एबम चारैतिर हरियाली पहाडहरु रहेका छन । मन्दिरको अगाडि बिशाल तामाको त्रिशुल एबम डमरु रहेको छ । यस मन्दिरको दर्शन गर्न दिनमा झन्डै ७०० जना आउने जाने गरेको स्थानीयको भनाइ छ ।

यो त भयो ईशानेश्वर महादेब मन्दिरको बारेमा अब चर्चा गरौं अर्को मन्दिरको सुन्दा, पढ्दा, र फोटोमा देख्दा र प्रत्यक्ष हेर्दा पनि तपाईंहरुलाई अचम्म लाग्न सक्छ । र नलागोस् पनि कसरी, यो मन्दिर भएको ठाउँ हो । अगाडि चर्चा गरेको ईशानेश्वर मन्दिरदेखि झन्डै ८०० मिटर अगाडि पुर्बदिशामा पर्दछ । भनिन्छ परापुर्ब कालमा सानो गणेशको मन्दिर निर्माण गरिएको र पछि त्यहाँ मन्दिर नजिकै पिपलको बोट उम्रीएर पछि गणेशको मन्दिरलाई पिपलको बोटले चारैतिर घेरेर अहिले सो मन्दिर एउटै पिपलको बिच भागमा च्यापिएर रहेको छ । यस मन्दिरको दर्शन गर्न नेपालका विभिन्न क्षेत्र तथा छिमेकी राष्ट्र भारतबाट समेत मानिसहरु आउने गरेको स्थानीय बासीहरुको भनाइ छ । यहाँ पिपलको रुख भित्र रहेको गणेश मन्दिरको दर्शन गर्नाले मनका सबै मनोकामनाहरु पुरा हुने धार्मिक जनबिश्वास छ । यस मन्दिरको दर्शन गर्न दिनमा झन्डै ७०० जना मानिसहरु आउने जाने गरेको स्थानीयहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया