महेश पाण्डे
चितवन । अव्यवस्थित तारले रत्ननगर कुरुप बन्दै गएको छ भने त्यतिनै मात्रामा आगलागिको जोखिमपनि बढेको छ । हालका दिनमा बिशेष त ईन्टरनेट सेवा बिस्तारका नाममा बिभिन्न ईन्टरनेट प्रोभाईडर कम्पनिले अब्यवस्थित रुपमा बिद्युत तथा सोलारका पोलमा तार टाङ्गने काम चलेसंगै रत्ननगर कुरुप बन्दै गएको छ भने त्यतिनै मात्रामा आगलागिको जोखिम पनि बढेको देखिएको छ ।

रत्ननगरका मुख्य बजार टाँडी, सौराहा चोक, बकुलहर लगाएतका ठाँउमा रहेका बिजुली र सोलारका पोलमा अव्यवस्थित रुपमा राखिएका तारले धेरैनै जोखिम बढेको देखिएको हो । केहि दिन अघि रत्ननगर–१, बकुलहर चोकमा रहेको के.एन. प्लाजाको अगाडि रहेको बिजुलीको पोलमा रहेको फाईबरको तारमा आगलागि भयो । लगभग आधा घण्टा बढि उक्त पोलमा आगलागि हुदा के.एन प्लाजाका सञ्चालक ईन्द्र श्रेष्ठलाई आफ्नो घर पनि जोखिममा परेको महसुस भयो । तर केहि समयपछि रत्ननगर नगरपालिकाको दमकल आएर पानी हालेर निभायो र ठुलो भवितव्य हुन पाएन र एउटा संकट टर्यो ।
यस्तो डरलाग्दो अवस्था आफ्नै प्लाजा अगाडी देखेका श्रेष्ठ भन्छन् “दिउसो आगलागी भएर नगरपालिकामा खबर गरेर उक्त आगो निभाउन त त्यत्रो समय लाग्यो भने यदि रातिको समयमा आगलागी भयो भने त यसले बजारनै ध्वस्त बनाउछ । यो बिषयमा नगरपालिकाले चाँडो भन्दा चाँडो ध्यान दिनु पर्ने देखिन्छ ।”

उनले वडा अध्यक्ष लगाएत नगरपालिकामा गएर पनि यो समस्याको बारेमा जानकारी गराउदा कुनै वास्था नभएको बताए । श्रेष्ठले फाइबर तार पोलमा टांगेपछि लठ्ठा बनाएर पोलमा बांकी तार छोड्दा नगर कुरुप मात्र नभएर पोललेनै नधान्ने अवस्था रहेको सुुनाए । उनले सोलार पोलले त उक्त तारलाई नधानेर भाचिने गरेको समेत बताए । जाडो महिनामा मात्र बकुलहर क्षेत्रमा ३ ठाँउमा आगलागी भएको सुनाउदै श्रेष्ठले यसको ब्यवस्थापन नभए गर्मी महिनामा झन के होला भन्ने प्रश्न पनि गरे ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटि रत्ननगरका कार्यसमिति सदस्य तथा वातावरण तथा सरसफाई संयोजक समेत रहेका चन्द्र कान्त ओझाले पनि अव्यवस्थित तारले दुर्घटना निम्ताउने गरेको बताए । उनले जथाभावी तारले दुर्घटना निम्ताउने मात्र नभई बजारनै फोहोर देखिनुका साथै पोलहरुमा आगलागि भएसंगै सञ्चार मिडिया सेवा अवरुद्ध हुने गरेको समेत बताए ।

ओझाले नगरपालिकामा रहेको बजार ब्यवस्थापन समितिसंग बसेर यो बिषयमा छलफल गरेको भएपनि कुुनै सुनुवाई नभएको दुखेसो पनि पोखे ।
उता यो बिषयमा रत्ननगर नगरपालिकाकी उप–प्रमख बिमला दुुवाडीलाई कुरा राख्दा अव्यवस्थित तारले गर्दा बजारनै कुुरुप देखिएको स्विकारिन । उनले यो बिषय सडक बिभागले हेर्ने भएपनि बरु माथीको मात्र बजेटले उक्त काम गर्र्न नपुग्ने भए नगरपालिको बजेट काटेर भए पनि व्यवस्थित गर्र्न भन्ने गरेको बताइन् ।

उनले अब बजार ब्यवस्थित गर्र्न टिकौली देखिनै रत्ननगरको पूर्वको सिमा सम्म अण्डर ग्राउण्ड तार बिछ्यानु पर्ने बताईन । दुुवाडीले सडक बिभागका हाकीम, ईन्जिनियरलाई यी बिषयमा भन्ने गरेकोमा कहिलै कसैले काम नगरेको बताईन ।

उनले केहि समय अघि नगरपालिकाले बजार ब्यवस्थापन समिति बनाएको भएपनि खासै काम नभएपछि पुन वडा नं. १ का वडा अध्यक्ष शंकर सिं तमाङ्गको संयोजकत्वमा ९ सदस्यि समिति बनेको बताउदै अब भने यो बिषयमा यथा सिघ्र काम हुने बताईन् ।

उता बजार ब्यवस्थापन समितिका संयोजक शंकर सिं तमाङ्गलाईले नेपालीको आवाजडटकमसंग कुरा गर्दै पुष मसान्त भित्रमा सबै केबल तथा र्ईन्टरनेट प्रोभाईडरलाई बोलाएर तार ब्यवस्थापन बारे छलफल गर्ने बताए । उनले आउदो माघ महिना भित्रमा सबै तारहरु व्यवस्थापन गरि छाड्ने बताउदै कोही कम्पनिले अटेर गरेमा कानुननै बनाएर कार्वाही गरिने समेत बताए ।

तपाईको प्रतिक्रिया